फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित
पेरिस । फ्रान्समा पछिल्लो केही दिनयता विद्यालयका विद्यार्थीहरू विभिन्न माग राख्दै सडकमा उत्रिएका छन्। प्रदर्शनका कारण देशका सयौँ शैक्षिक संस्था प्रभावित भएका छन् भने केही विद्यालयका प्रवेशद्वारसमेत विद्यार्थीले अवरुद्ध गरेका छन्। कतिपय स्थानमा प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेका छन्। केही ठाउँमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ। सरकारले विद्यार्थीले उठाएका केही मागलाई…
