हङकङमा भीषण आगलागी : १६८ जनाको ज्यान गएको घटनाको पृष्ठभूमि

काठमाडौं । हङकङमा आवासीय भवनको सुधार तथा मर्मतका लागि सुरु गरिएको काम अन्ततः ठूलो मानवीय क्षति निम्त्याउने विपत्तिमा परिणत भएको छ । आठवटा आवासीय भवन रहेको वाङ फुक कोर्टमा लागेको भीषण आगलागीमा १६८ जनाको मृत्यु भएको छ । घटनालाई पछिल्ला दशकमा हङकङमा भएका सबैभन्दा भयावह आगलागीमध्ये एक मानिएको छ ।

गत वर्ष नोभेम्बर २६ को बुधबार दिउँसो करिब २ः४५ बजे भवन क्षेत्रमा आगलागी भएको थियो । त्यसबेला घरनजिकै रहेको एक गतिविधि केन्द्रमा नृत्य कक्षामा सहभागी भइरहेकी श्रीमती लाउले दमकलका साइरन सुनेकी थिइन् । तर सुरुमा उनले त्यसलाई सामान्य घटनाका रूपमा लिइन् । केही समयपछि साथीहरूबाट लगातार फोन आउन थालेपछि मात्रै उनले आफू ४० वर्षदेखि बस्दै आएको वाङ फुक कोर्टमा आगो लागेको थाहा पाइन् । उनका ह्विलचेयर प्रयोग गर्ने ७४ वर्षीय श्रीमान् भने घरभित्रै फसेका थिए ।

घटनाबारे थाहा पाउनेबित्तिकै उनी हतारिँदै घरतर्फ दौडिइन् । जुत्तासमेत राम्ररी लगाउन नभ्याएकी उनलाई घटनास्थल पुग्दा प्रहरीले भवन वरपरको क्षेत्र नियन्त्रणमा लिइसकेको थियो । उनले श्रीमान्लाई फोन गर्दा सुरुमा चिन्ता नगर्न भनेका थिए । घरमा आगलागीको सूचना दिने अलार्म नसुनेको भन्दै उनले आगो सानो भएको हुन सक्ने अनुमान गरेका थिए । तर केही समयमै आगोले भयावह रूप लियो ।

घटनाबारे स्वतन्त्र छानबिन समितिले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार आगो भवनमा प्रतिघण्टा होइन, प्रतिसेकेन्ड करिब १० मिटरको गतिमा फैलिएको थियो । प्रतिवेदनले आगो फैलिने उक्त गतिलाई असाधारण भनेको छ । प्रतिवेदनले यसलाई रोक्न सकिने विपत्ति भए पनि मानवीय लापरबाही, अग्नि सुरक्षा व्यवस्थाको कमजोरी, सम्भावित ठगी र भ्रष्टाचारसँग जोडिएका घटनाक्रमले ठूलो जनधनको क्षति निम्त्याएको निष्कर्ष निकालेको छ ।

#हङकङआगलागी #वाङफुककोर्ट #हङकङदुःखदघटना #भयानकआगलागी #आगलागीविपत्ति #१६८जनाकोमृत्यु #भवनसुरक्षा #अग्निसुरक्षा #सहरीसुरक्षा #मानवीयत्रुटि #भ्रष्टाचार #अनुसन्धान #विश्वसमाचार #ताजासमाचार #विपद्समाचार

Back To Top
Modern Footer Design