सुवासनाले जितिन् ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि

काठमाडौं । ‘द भ्वाइस किड्स’ सिजन ५ को विजेता सुवासना खड्का बनेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्काले उपाधि आफ्नो नाममा पारेकी हुन्।

उपाधिका लागि आयोजित फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। विजेता बनेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित कार्यक्रमका प्रायोजक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले विजेता सुवासनालाई पुरस्कार प्रदान गरेका थिए।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका सहभागी थिए। ‘द भ्वाइस किड्स’ हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको छ।

Back To Top
Modern Footer Design