Nanglevare Nanglevare

संघीय संसद्का दुवै सदन आज बस्दै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।…

Read More

मुगुमा दुई पटक भूकम्प, दुवैपटक ४ म्याग्निच्युडभन्दा माथि

मुगु । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको गएको थियो। त्यसपछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। केन्द्रका अनुसार दुवै भूकम्प मुगुको कलाई क्षेत्र आसपास केन्द्रबिन्दु…

Read More

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका…

Read More

आजको राशिफल

काठमाडौं । १६ सेप्टेम्बर २०२६ आज २०८३ साल भदौ ३१ गते बुधबार परेको छ। आजको राशिफलअनुसार विभिन्न राशिका जातकका लागि दिन मिश्रितदेखि सकारात्मक रहने देखिन्छ। ज्योतिषीय मान्यतामा आधारित दैनिक राशिफललाई समाचार शैलीमा यसरी प्रस्तुत गर्न सकिन्छ। मेष आज कुनै बैठक वा छलफलमा सहभागी हुनुपर्ने हुन सक्छ। तपाईंको विचारको सम्मान हुने देखिन्छ। समग्रमा दिन अनुकूल रहनेछ। वृष…

Read More

प्रचण्ड नेतृत्व छाड्ने पक्षमा छैनन्, नेकपाको मंसिर महाधिवेशन अन्योलमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आगामी मंसिरमा गर्ने भनिएको एकता महाधिवेशन अन्योलमा परेको छ। पार्टीभित्र वैचारिक, सैद्धान्तिक र सांगठनिक विवाद कायमै रहनुका साथै निर्धारित कार्यतालिकाअनुसार तल्ला तहका अधिवेशनसमेत अघि बढ्न नसकेपछि महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका बढेको हो। नेकपाको केन्द्रीय संयोजन समितिले मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने कार्यतालिका यसअघि अनुमोदन गरेको…

Read More

स्याङ्जाको नवग्रह मन्दिर प्रवर्द्धन गर्न सरकारसँग सचेतक राईको माग

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नवग्रह मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राईले धार्मिक आस्था र पर्यटनको दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको मन्दिर आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा अपेक्षित रूपमा प्रवर्द्धन हुन नसकेको बताए। उनका अनुसार मन्दिरमा धार्मिक…

Read More

खाद्यवस्तुको मूल्यवृद्धिमाथि संसद्‌मा प्रश्न : महंगी नियन्त्रण गर्न सरकारको योजना के छ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदनकुमार भण्डारीले ग्यास अभाव र लामो लाइनसँगै दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण थप मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले पछिल्लो एक महिनामा विभिन्न खाद्य सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको विवरण प्रस्तुत गरे। उनका अनुसार २५ किलोको जिरा मसिनो चामलको मूल्य २…

Read More

आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयू कक्षमै पुगेर बिरामीको अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले आईसीयू गम्भीर अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको संवेदनशील कक्ष भएकाले त्यहाँ…

Read More

प्रधानमन्त्री राहत कोषमा १४ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेका अमेरिकी…

Read More

सरकारको कार्ययोजनापछि सेयर बजारमा उछाल, नेप्से ३५ अंक बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिएको छ। मंगलबार कारोबार सुरु भएको पहिलो एक घण्टामै नेप्से परिसूचक ३५ अंकले बढेर २६२० अंकमा पुगेको छ। कारोबार सुरु भएको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगे पनि त्यसपछि केही घटेर २६२० अंकको आसपासमा कायम भएको हो। बजारमा कारोबार रकमसमेत तीव्र देखिएको छ।…

Read More
Back To Top
Modern Footer Design