काठमाडौंमा सुरु भयो बाइक एम्बुलेन्स सेवा, अब जाम र साँघुरा गल्लीमा पनि छिटो स्वास्थ्य सहायता
काठमाडौं । राजधानी काठमाडौंमा बिरामीलाई आपत्कालीन स्वास्थ्य सेवा छिटो उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै बाइक एम्बुलेन्स सेवा सुरु भएको जानकारी दिएकी हुन्। उनका अनुसार अब १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स माग गर्दा आवश्यकताअनुसार…
