प्रधानमन्त्रीसँग राप्रपाको भेट, संविधान संशोधनमा छलफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले गठन गरेको कार्यदललाई ससर्त समर्थन गर्ने जनाएको छ। बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा राप्रपाका नेताहरूले संघीय व्यवस्थाका केही पक्ष परिमार्जन वा परिवर्तन गर्ने उद्देश्य भए सरकारलाई आफ्नो पार्टीको सहयोग रहने बताएका हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थामा आवश्यक…
