एनपीएल,चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिम फिल्डिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको प्रतिस्पर्धामा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवनले ब्याटिङ रोजेपछि सुदूरपश्चिमले फिल्डिङ गर्ने भएको हो।

आजको खेलका लागि सुदूरपश्चिमले आफ्नो टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई प्लेइङ–११ मा समावेश गरिएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने चितवनले बुधबार काठमाडौं गोर्खाजलाई हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको थियो। आजको खेल त्रिवि मैदानको दोस्रो नम्बर पिचमा भइरहेको छ। यसअघि यही पिचमा पोखरा एभेन्जर्सले २०० रनभन्दा बढीको योगफल बनाएको थियो। त्यसैले आजको खेलमा ब्याटिङ र पिचको अवस्था पनि महत्वपूर्ण बन्ने देखिएको छ।

Back To Top
Modern Footer Design