काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाको सम्मान गारत ग्रहण गरेका छन्। विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामीसहित सम्मान प्रदान गरेका हुन्।
रोचक पक्ष के छ भने, आइतबार भारत प्रस्थान गर्दा प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाबाट सम्मान गारत ग्रहण गरेका थिएनन्। उनी कुनै विशेष तामझामबिना नियमित उडानमार्फत भारत गएका थिए।
तर, भारत पुगेपछि भने उनले त्यहाँको सैनिक सम्मान ग्रहण गरेका छन्। नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहले भारतमा सेनाको सलामी लिएपछि यस विषयलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्।
