काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण गर्नुपर्ने बताएका छन्।
उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहिरो अध्ययन गरेर मात्रै भविष्यका लागि उपयुक्त योजना बनाउन सकिने धारणा राखेका हुन्। एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले पार्टीका विभिन्न विषयगत विभागलाई पनि अध्ययन र अनुसन्धानका आधारमा नीति तयार गर्न आग्रह गरिएको जानकारी दिए।
उनका अनुसार नीति बनाउँदा तत्काल देखिएका समस्या समाधान गर्ने विषयमा मात्रै केन्द्रित हुनु हुँदैन। कृषि, पूर्वाधार, अर्थतन्त्र र परराष्ट्र नीतिजस्ता महत्त्वपूर्ण क्षेत्रमा दीर्घकालीन सोचका साथ अघि बढ्न आवश्यक छ। ओलीले राज्यको प्रमुख जिम्मेवारी नागरिकको जीवनस्तर सुधार गर्नु, गरिबी घटाउनु र आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु रहेको बताए। उनले आरक्षणको विषयमा चर्चा गर्दै जनताको आम्दानी बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक अवस्था सुधार्ने कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले रोजगारीको अर्थ काममा बिताएको समयले मात्रै निर्धारण नगर्ने उल्लेख गर्दै त्यसबाट प्राप्त आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्नुपर्ने बताए। अध्यक्ष ओलीले मानवतावाद, समानता, न्याय, सुरक्षा, समृद्धि र सम्मानजनक जीवनलाई आफूहरूले परिकल्पना गरेको समाजवादको आधारका रूपमा व्याख्या गरे। उनका अनुसार लोकतन्त्रमा नागरिकका राजनीतिक अधिकारसँगै आर्थिक तथा सामाजिक अधिकारको पनि सुनिश्चितता हुनुपर्छ। नीति निर्माणका क्रममा समाजका विभिन्न तहका नागरिक, बुद्धिजीवी र विषयविज्ञसँग छलफल गर्नुपर्नेमा जोड दिँदै ओलीले अनुसन्धानबिनाको नीति व्यक्तिको सोचमा मात्रै आधारित हुने र त्यसले अपेक्षित परिणाम दि
