सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः उकालो यात्रा तय गरेको छ । बिहीबार सुन प्रतितोला १ हजार ४०० रुपैयाँले महँगिएको छ भने चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्यअनुसार आज एक तोला छापावाल सुनको भाउ २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यससँगै १० ग्राम सुन किन्न २ लाख ८ हजार १६० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

यता, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ पुगेको छ ।

Back To Top
Modern Footer Design