७.५ म्याग्निच्युडको भूकम्पले भेनेजुएला हल्लायो, ठूलो क्षतिको आशंका
भेनेजुएला। भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार छोटो समयको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पले व्यापक क्षति पुर्याएको आशंका गरिएको छ। यूएसजीएसका अनुसार पहिलो भूकम्प गएको करिब ३९ सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम…
