खेलकुद

बेलिंघमको दोहोरो गोलमा इंग्ल्यान्ड सेमिफाइनलमा

Nanglevare Nanglevare Comments Off on बेलिंघमको दोहोरो गोलमा इंग्ल्यान्ड सेमिफाइनलमा 3 months ago

अमेरिका । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा अतिरिक्त समयसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा बेलिंघमले दुई गोल गर्दै टोलीलाई आठ वर्षपछि अन्तिम चारमा पुर्‍याए। विश्वकपको क्वार्टरफाइनलमा पहिलोपटक पुगेको नर्वेले खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अग्रता लिएको…

पहिलो हाफमा अर्जेन्टिनाको १–० को अग्रता

Nanglevare Nanglevare Comments Off on पहिलो हाफमा अर्जेन्टिनाको १–० को अग्रता 3 months ago

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत जारी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा स्विट्जरल्यान्डविरुद्ध १–० को अग्रता कायम गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको प्रतिस्पर्धामा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गरे। उनले लियोनल मेसीले प्रहार गरेको कर्नरलाई उत्कृष्ट हेडमार्फत जाली चुमाएका थिए।पहिलो हाफभर अर्जेन्टिनाले बल नियन्त्रण र आक्रमणमा पकड जमाउँदै एक गोलको…

बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

Nanglevare Nanglevare Comments Off on बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा 3 months ago

काठमाडौं । स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा स्पेनले निर्धारित समयको अन्त्यतिर निर्णायक गोल गर्दै १६ वर्षपछि अन्तिम चारमा पुनरागमन गरेको हो। स्पेनका लागि खेलको ३०औं मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा बेल्जियमका चार्ल्स डे…

भिएआर निर्णयप्रति इजिप्ट असन्तुष्ट, प्रशिक्षक हसनको घोषणा– ‘अब विश्वकपको कुनै खेल हेर्दिनँ

Nanglevare Nanglevare Comments Off on भिएआर निर्णयप्रति इजिप्ट असन्तुष्ट, प्रशिक्षक हसनको घोषणा– ‘अब विश्वकपको कुनै खेल हेर्दिनँ 3 months ago

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को नाटकीय हार बेहोरेपछि इजिप्टले रेफ्री र भिडियो सहायक रेफ्री भिएआर को निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ। खेलको सुरुआतमा २–० को अग्रता बनाएको इजिप्टले मोस्तफा जिकोमार्फत तेस्रो गोल पनि गरेको थियो। तर भिएआरमार्फत गरिएको समीक्षापछि गोल हुनुअघि फाउल भएको निष्कर्ष निकाल्दै रेफ्रीले उक्त गोल…

विश्वकपमा मेसीको अर्को ऐतिहासिक उपलब्धि, असिस्टमा नयाँ कीर्तिमानसँगै लगातार ९ खेलमा गोल

Nanglevare Nanglevare Comments Off on विश्वकपमा मेसीको अर्को ऐतिहासिक उपलब्धि, असिस्टमा नयाँ कीर्तिमानसँगै लगातार ९ खेलमा गोल 3 months ago

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। इजिप्टविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा एक असिस्ट र एक गोल गर्दै उनले विश्वकप इतिहासका दुई महत्त्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।३–२ को पुनरागमन जितमा टोलीका लागि निर्णायक भूमिका खेलेका मेसी विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले अर्जेन्टिनी…

विश्वकपबाट बिदा भए रोनाल्डो

Nanglevare Nanglevare Comments Off on विश्वकपबाट बिदा भए रोनाल्डो 3 months ago

अमेरिका। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः स्पेनसँगको हारसँगै टुंगिएको छ। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको हो। खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल निर्णायक बन्दा रोनाल्डोको दुई दशकभन्दा लामो विश्वकप यात्रा भावुक अन्त्यमा पुगेको हो। ४१ वर्षीय रोनाल्डोले विश्वकप सुरु हुनुअघि नै…

अमेरिकामाथि बेल्जियमको शानदार जित, क्वार्टरफाइनलमा स्पेनसँग भेट

Nanglevare Nanglevare Comments Off on अमेरिकामाथि बेल्जियमको शानदार जित, क्वार्टरफाइनलमा स्पेनसँग भेट 3 months ago

अमेरिका । सहआयोजक अमेरिका बेल्जियमसँग ४–१ ले पराजित भएपछि फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाट बाहिरिएको छ। सियाटल स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै बेल्जियमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले एकमात्र गोल गरेका थिए।…

स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल पराजितसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त

Nanglevare Nanglevare Comments Off on स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल पराजितसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त 3 months ago

अमेरिका । इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यस हारसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ। डलासमा मंगलबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल देखिएको थियो। पहिलो हाफमा दुवै पक्षले केही राम्रो…

मेक्सिकोलाई ३–२ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम आठमा

Nanglevare Nanglevare Comments Off on मेक्सिकोलाई ३–२ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम आठमा 3 months ago

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भएको प्रि–क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। खेलको ३६औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० पुर्‍याए। पहिलो हाफ सकिनुअघि ४२औं मिनेटमा जुलियन क्विन्योनेसले गोल फर्काउँदै मेक्सिकोलाई…

Back To Top
Modern Footer Design