दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम उद्घाटन
काठमाडौँ । दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा आएको छ। काठमाडौंको गोकर्णेश्वर–७ मा खुलेको उक्त शोरूमको उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्। कार्यक्रममा सञ्चालक जगेश्वर यादवले कम्पनीले २४ वर्षे यात्रा पूरा गर्दै छैटौँ आउटलेट विस्तार गरेको जानकारी दिए। उनका अनुसार शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्याकुआर, पञ्चकन्या लगायतका नौभन्दा बढी ब्रान्डका…
