दीपकराज गिरीलाई प्रश्न– हरेक फिल्ममा नयाँ नायिका लिनु कथाको माग कि आफ्नै निर्णय?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अभिनेता, लेखक तथा निर्माताका रूपमा स्थापित दीपकराज गिरीको नयाँ चलचित्र ‘छ माया छपक्कै–२’ शनिबारदेखि प्रदर्शनमा आएको छ। दसैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयवस्तुको स्वाद दिने अपेक्षा गरिएको छ। रेडियो नाटक र टेलिभिजन हुँदै ठूलो पर्दासम्म आइपुगेका गिरी हास्यव्यङ्ग्य तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्रका कारण दर्शकमाझ परिचित…
