दुर्गेश–प्रियंकाको ‘ताराबाजी लैलै’ गीत विवादमा, प्रतिबन्धको मागसहित निवेदन

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र मास्टर्नी को प्रचारात्मक गीत ‘ताराबाजी लैलै’ विरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित निवेदन दर्ता गरिएको छ।

शुक्रबार तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले उक्त गीतमाथि कारबाही तथा प्रतिबन्धको माग गर्दै मन्त्रालयमा लिखित निवेदन दिएका हुन्नि ।

वेदनमा गीतका शब्द र प्रस्तुतीकरणले शिक्षक समुदाय, विशेषगरी महिला शिक्षकको सम्मानमा आँच पुर्‍याउने तथा शिक्षण पेशालाई नकारात्मक रूपमा चित्रण गर्ने प्रयास गरेको उल्लेख गरिएको छ। साथै, गीतमा प्रयोग गरिएका केही अभिव्यक्तिले सामाजिक मर्यादा र सांस्कृतिक मूल्य–मान्यतामाथि प्रतिकूल प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले आवश्यक छानबिन गरी उपयुक्त निर्णय लिनुपर्ने माग गरिएको छ।

Back To Top
Modern Footer Design