दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम उद्घाटन

काठमाडौँ । दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको बहु–ब्रान्ड शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा आएको छ। काठमाडौंको गोकर्णेश्वर–७ मा खुलेको उक्त शोरूमको उद्घाटन पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्।

कार्यक्रममा सञ्चालक जगेश्वर यादवले कम्पनीले २४ वर्षे यात्रा पूरा गर्दै छैटौँ आउटलेट विस्तार गरेको जानकारी दिए। उनका अनुसार शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्याकुआर, पञ्चकन्या लगायतका नौभन्दा बढी ब्रान्डका निर्माण सामग्री एकै स्थानमा उपलब्ध छन्। ग्राहकको सुविधा र मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको उनले बताए। कार्यक्रममा पूर्वप्रधानन्यायाधीश राउतले गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रयासको प्रशंसा गर्दै कानुनी मापदण्ड र सुशासन पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए। कम्पनीले नयाँ शोरूममार्फत टाइल्स, सेनेटरी वेयर, पाइपिङ सिस्टम, मार्बल तथा अन्य निर्माण सामग्रीसँगै डिजाइन परामर्श र होम डेलिभरी सेवा पनि उपलब्ध गराउने जनाएको छ।

Back To Top
Modern Footer Design