अन्तर्राष्ट्रिय

विश्वकपको माहोलमा चर्चामा ‘मर्लिन’ हाँस, भिडियो सामाजिक सञ्जालमा भाइरल

Nanglevare Nanglevare Comments Off on विश्वकपको माहोलमा चर्चामा ‘मर्लिन’ हाँस, भिडियो सामाजिक सञ्जालमा भाइरल 3 weeks ago

मेक्सिको । फिफा विश्वकप फुटबलको उत्साहबीच ‘मर्लिन’ नामको एक घरपालुवा हाँस अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। मेक्सिकन टोलीको समर्थकका रूपमा प्रस्तुत गरिएको यो हाँसलाई धेरैले मेक्सिकोको ‘अनौपचारिक राजदूत’का रूपमा समेत चर्चा गर्न थालेका छन्। दुई वर्षको मर्लिन मेक्सिकन राष्ट्रिय टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकमा निर्धक्कसँग हिँडिरहेको भिडियो सार्वजनिक भएपछि छोटो…

करुणा, प्रेम र मानवताको अभ्यास नै नेपाली जीवनदर्शनको आधारःराष्ट्रपति पौडेल

Nanglevare Nanglevare Comments Off on करुणा, प्रेम र मानवताको अभ्यास नै नेपाली जीवनदर्शनको आधारःराष्ट्रपति पौडेल 3 weeks ago

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवनदर्शन करुणा, प्रेम, मानवता, सेवा र शान्तिको भावनाबाट निर्देशित रहेको बताएका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँले आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताको संस्कृतिले समाजलाई सही दिशामा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरे। उनले यी मूल्यलाई व्यवहार र…

शेख हसिनाको घोषणा,यसै वर्ष बंगलादेश फर्किने

Nanglevare Nanglevare Comments Off on शेख हसिनाको घोषणा,यसै वर्ष बंगलादेश फर्किने 3 weeks ago

बंगलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध मृत्युदण्डको फैसला भए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। उनी सन् २०२४ मा सत्ता परिवर्तनपछि भारतमा बस्दै आएकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी ७८ वर्षीया हसिनालाई बंगलादेश सरकारले फरार घोषणा गरेको छ। विद्यार्थी नेतृत्वको आन्दोलनपछि करिब १५ वर्ष लामो शासनको अन्त्य हुँदै उनले देश छाडेर…

अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ आतंकवादी मारिएको दाबी

Nanglevare Nanglevare Comments Off on अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ आतंकवादी मारिएको दाबी 3 weeks ago

पाकिस्तान । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा सैन्य कारबाही सञ्चालन गरेको जनाएको छ। पाकिस्तान सरकारका अनुसार उक्त अभियानमा २९ जना आतंकवादी मारिएका छन्। पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तराडले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गोप्य सूचनाका आधारमा मध्यराति सेनाले डुरान्ड रेखा आसपास स्थलगत तथा हवाई अभियान सञ्चालन गरेको बताएका छन्। उनका अनुसार खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा गरिएको…

मालवाहक जहाजमा ड्रोन आक्रमणपछि अमेरिकी जवाफी कारबाही, युद्धविराम उल्लंघन गरेको आरोप

Nanglevare Nanglevare Comments Off on मालवाहक जहाजमा ड्रोन आक्रमणपछि अमेरिकी जवाफी कारबाही, युद्धविराम उल्लंघन गरेको आरोप 3 weeks ago

अमेरिका। अमेरिका र इरानबीच हालै भएको युद्धविराम सहमति तनावमा परेको छ। हर्मुज जलडमरूमध्य नजिक एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि लक्षित हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गएराति अमेरिकी लडाकु विमानले हर्मुज आसपास रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय राडार प्रणालीलाई निशाना बनाएका थिए।…

भूकम्पपीडित भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा धन्यवाद

Nanglevare Nanglevare Comments Off on भूकम्पपीडित भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा धन्यवाद 3 weeks ago

भेनेजुएला। भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विश्वका विभिन्न मुलुकहरूले राहत, उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसबीच भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको घोषणा गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेकी छन्। भूकम्पका कारण भवन तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला विभिन्न…

७.५ म्याग्निच्युडको भूकम्पले भेनेजुएला हल्लायो, ठूलो क्षतिको आशंका

Nanglevare Nanglevare Comments Off on ७.५ म्याग्निच्युडको भूकम्पले भेनेजुएला हल्लायो, ठूलो क्षतिको आशंका 3 weeks ago

भेनेजुएला। भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार छोटो समयको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पले व्यापक क्षति पुर्‍याएको आशंका गरिएको छ। यूएसजीएसका अनुसार पहिलो भूकम्प गएको करिब ३९ सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम…

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित दर्जनौं घाइते

Nanglevare Nanglevare Comments Off on कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित दर्जनौं घाइते 4 weeks ago

कतार । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा भएको विस्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्। आइतबार भएको उक्त घटनामा १३ जनाको मृत्यु हुनुका साथै ६६ भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्। घाइतेमध्ये नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू रहेका छन्। घाइतेहरूको उपचार भइरहेको…

रस लाफ्फान विस्फोट : घाइतेको संख्या ५४, खोजी कार्य जारी

Nanglevare Nanglevare Comments Off on रस लाफ्फान विस्फोट : घाइतेको संख्या ५४, खोजी कार्य जारी 4 weeks ago

कातार। कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ। घटनामा हालसम्म ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टोली (लख्विया) तथा सिभिल डिफेन्सका टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन्।…

Back To Top
Modern Footer Design