काठमाडौँ । नेपाली बजारमा लगातार चार दिन बढेको सुनको मूल्य मंगलबार भने सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको हो।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। सोमबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य पछिल्ला दिनमा निरन्तर बढ्दै आएकोमा मंगलबार सामान्य गिरावट आएको हो।
