काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी पनि प्रतितोला २६० रुपैयाँ महँगिएको छ। आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार एक औँस सुन करिब ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
