लगातार चार दिनको गिरावटपछि २७०५ अंकमा थामियो सेयर बजार

काठमाडौँ। लगातार चार दिनको गिरावटपछि बुधबार सेयर बजार स्थिर बनेको छ। नेप्से परिसूचक अघिल्लो दिनकै २७०५ अंकमा थामिएको हो।

यस दिन नेप्से ०.०८ अंक मात्र बढेको थियो। अघिल्ला चार दिन बजार क्रमशः घट्दै आएको थियो। कारोबार रकम पनि घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ कम्पनी स्थिर रहे। समूहगत सूचकमा मिश्रित कारोबार देखिएको छ भने दुई नयाँ कम्पनी–सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावर–को सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर पनि उल्लेखनीय रूपमा बढेको छ।

Back To Top
Modern Footer Design