९ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

Back To Top
Modern Footer Design