नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्। उनले बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन्। त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको उनले उल्लेख गरेका छन्। स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक मानिन्थे। हालै साउन ७ गते कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको घोषणा गरेका थिए। श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र लामो राजनीतिक यात्राका नेता गुमाएको छ।

Back To Top
Modern Footer Design