काठमाडौँ — आज २०८३ साल असोज १७ गते शनिबार। अंग्रेजी पात्रोअनुसार आज अक्टोबर ३, २०२६ हो। आज असोज कृष्ण पक्षको सप्तमी तिथि रहेको छ। बिहान ९ बजेर ५४ मिनेटपछि अष्टमी तिथि सुरु हुने पञ्चाङ्गमा उल्लेख छ। आज अष्टमी श्राद्ध, गोरखकाली पूजा तथा महालक्ष्मी व्रत समाप्त हुँदैछ।ज्योतिषीय फलादेशअनुसार आज विभिन्न राशिका लागि दिन यसप्रकार रहनेछः
मेष: आजको दिन सामान्य रहनेछ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बनाउन सक्छ। व्यापारमा गरिएको लगानीबाट लाभ मिल्नेछ भने शिक्षामा पनि प्रगति हुनेछ।
वृष: आज दिन राम्रो रहनेछ। बोलीको प्रभावले रोकिएका काम बन्न सक्छन्। आम्दानी बढ्ने योग रहे पनि स्वास्थ्यप्रति लापरवाही नगर्नु उचित हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।
मिथुन: बौद्धिक क्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोगले सोचेका काम पूरा हुन सक्छन्। पारिवारिक सम्बन्धमा पनि मेलमिलाप बढ्नेछ।
कर्कट: शिक्षाको क्षेत्रमा खुसी मिल्नेछ। लगानीबाट लाभ प्राप्त हुने सम्भावना छ। काममा सफलता पाउन केही हिम्मत गर्नुपर्ने देखिन्छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्न सक्छ।
सिंह: आजको दिन सकारात्मक रहनेछ। विद्वान तथा बौद्धिक व्यक्तिसँगको भेटघाटबाट लाभ मिल्नेछ। स्वास्थ्यका लागि सुरु गरेका सकारात्मक प्रयासलाई निरन्तरता दिनु राम्रो हुनेछ। लामो यात्रामा भने सावधानी अपनाउनुहोस्।
कन्या: शुभकार्यको सुरुवात हुने योग छ। शिक्षामा गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुन सक्छ। परिवारमा केही समस्या आउन सक्ने भएकाले व्यक्तिगत कुरा गोप्य राख्नु उचित हुनेछ।
तुला: आज मान–सम्मान प्राप्त हुने सम्भावना छ। स्वास्थ्यमा सुधार आउँदा मन प्रसन्न हुनेछ। विदेशमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ। सरकारी वा राज्य पक्षसँग सम्बन्धित काममा सावधानी अपनाउनु राम्रो हुनेछ।
वृश्चिक: काममा विभिन्न चुनौती आउन सक्छन्। आम्दानीभन्दा खर्च बढ्ने सम्भावना भएकाले आर्थिक व्यवहारमा ध्यान दिनुहोस्। धार्मिक कार्यमा सहभागी हुँदा मनमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।
धनु: एकपछि अर्को अवरोध हट्दै जानेछन्। पठनपाठनमा रुचि बढ्नेछ। यात्राको अवसर मिल्न सक्छ र यात्रा सुखद् रहनेछ। साथीभाइसँगको भेटघाटले मन खुसी बनाउनेछ।
मकर: अचानक नयाँ अवसर प्राप्त हुन सक्छ। स्वास्थ्य र शिक्षासँग सम्बन्धित प्रयासमा सफलता मिल्नेछ। व्यापारमा लाभ हुने योग छ भने राजनीतिक क्षेत्रमा पनि प्रगतिको अवसर देखिन्छ।
कुम्भ: अनावश्यक यात्राले दुःख दिन सक्छ। पारिवारिक पक्षमा केही समस्या आउन सक्ने भएकाले संयम अपनाउनुहोस्। प्रेम सम्बन्धमा गलतफहमीको जोखिम छ। शिक्षासहित हरेक काममा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।
मीन: आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा
