काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अंकले घटेर २ हजार ५८७ दशमलव २५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेपछि नेप्से राताम्मे देखिएको छ। शुक्रबार कारोबार भएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने ६१ वटा कम्पनीको मूल्य बढेको छ। यस्तै, ११ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। कारोबार रकम भने ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। दिनभरमा १ करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर किनबेच भएका छन्। शुक्रबार कुल ४३ हजार ६८५ पटक कारोबार भएको थियो भने कारोबारमा ३५६ वटा स्क्रिप्स सहभागी भएका थिए।
