जाजरकोटमा अटो सडकबाट ६५ मिटर तल खस्यो, दुई जनाको मृत्यु, तीन घाइते

सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत नलगाड नगरपालिका–८, मालुवामा अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ का ३८ वर्षीय गोपाल परियार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का २२ वर्षीय अटो चालक करण परियार घाइते भएका छन्। लुप्र ०१–००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Back To Top
Modern Footer Design