क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा क्यानडाले नेपाललाई जितका लागि २५७ रनको लक्ष्य दिएको छ।

शनिबार ओमानको अल अमिरातस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो। अब नेपालले क्यानडाविरुद्ध जित निकाल्न २५७ रन बनाउनुपर्नेछ।

Back To Top
Modern Footer Design