काठमाडौंको मनोहरामा सुकुमवासी बस्ती हटाउन पुगेको महानगरको टोली र स्थानीयबीच झडप भएको छ। झडपमा थिमीका डीएसपी नवराज ढुंगानासहित १४ जना घाइते भएका छन्।
सरकारले थापाथली र गैरीगाउँबाट विस्थापित भएका वास्तविक सुकुमवासीहरूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको छ।
