काठमाडौँ। एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ। बाँडफाँट मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।
कम्पनीले जेठ २२ देखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो, जसबाट ६ करोड ५५ लाख ७० हजार रुपैयाँ संकलन भएको छ। आईपीओमा २६ लाख ८७ हजारभन्दा बढी आवेदकले आवेदन दिएका थिए, जसमा २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका थिए। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो। नतिजाअनुसार ६५ हजार ५७० लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन्। उच्च आवेदनका कारण धेरैजसो आवेदक यसपटक पनि शेयरबाट वञ्चि
