सुर्खेतको झुप्रा खोलामा डुबेर युवकको मृत्यु

काठमाडौँ। सुर्खेतमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना निवासी २० वर्षीय मनोज ठाडा मगरको झुप्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गएको हो।

Back To Top
Modern Footer Design