चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले अघि सारेको देश निर्माण र समृद्धिको अभियानप्रति आफू पनि सहमत रहेको बताए। उनले आफूले लामो समयदेखि देशमा परिवर्तन र विकास ल्याउने सपना देख्दै आएको उल्लेख गरे। राउतका अनुसार समृद्ध नेपाल बनाउने आकांक्षा कुनै एक पार्टी वा समूहमा मात्र सीमित नभई विभिन्न राजनीतिक दल र नागरिकहरूबीच साझा रूपमा रहेको छ।
उनले रास्वपाका प्रतिनिधिहरूमा देखिएको उत्साह र उद्देश्य सकारात्मक रहेको टिप्पणी गरे। उनले आफूलाई प्रतिस्पर्धीभन्दा पनि सहयात्रीका रूपमा प्रस्तुत गर्दै देश निर्माणका लागि सहकार्य आवश्यक रहेको बताए। साथै, राजनीतिक दलहरूबीच आपसी समझदारी र स्वस्थ संवादमार्फत अघि बढ्न सके मात्र देशले अपेक्षित प्रगति हासिल गर्न
