सुनको भाउ उकालो, चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार यसको मूल्य ४ हजार ४१५ रुपैयाँ प्रतितोला कायम रहेको थियो।

Back To Top
Modern Footer Design