मिति २०८३ साल साउन १९ गते, मंगलबार श्रावण कृष्ण पक्ष षष्ठी (साँझपछि सप्तमी) तिथि आज चन्द्रमाको प्रभावका कारण धेरै राशिका व्यक्तिहरूका लागि धैर्य, संयम र सही निर्णय महत्त्वपूर्ण रहने देखिन्छ। केही राशिका लागि आर्थिक तथा व्यावसायिक क्षेत्रमा प्रगतिको संकेत छ भने केहीले अनावश्यक विवादबाट टाढा रहनुपर्ने देखिन्छ।
मेष: आत्मविश्वास बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। खर्चमा भने संयम अपनाउनु उचित हुनेछ।
वृष: परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था सुधार हुने संकेत देखिन्छ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस्।
मिथुन: बोलीमा संयम राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। पुराना काम पूरा हुने सम्भावना छ।
कर्क: आर्थिक लाभको अवसर मिल्न सक्छ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
सिंह: मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। नेतृत्व क्षमता बढ्नेछ। हतारमा निर्णय नगर्नुहोस्।
कन्या: पढाइ, जागिर तथा व्यवसायमा सकारात्मक संकेत छन्। अनुभवी व्यक्तिको सल्लाह लाभदायी हुनेछ।
तुला: काममा प्रगति हुनेछ। दाम्पत्य तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ।
वृश्चिक: नयाँ अवसर प्राप्त हुन सक्छ। यात्रा वा नयाँ योजना सफल हुने सम्भावना देखिन्छ।
धनु:धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। अध्ययन र करियरमा सकारात्मक समाचार प्राप्त हुन सक्छ।
मकर: परिश्रमको राम्रो परिणाम मिल्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनु उचित हुनेछ।
कुम्भ: नयाँ योजना बनाउन अनुकूल दिन। आफन्तसँगको सम्बन्ध अझ सुदृढ बन्नेछ।
मीन :आत्मबल र उत्साह बढ्नेछ। व्यवसाय तथा रोजगारीमा लाभदायी अवसर प्राप्त हुन सक्छ।
