देवानगञ्ज गोलीकाण्डका अर्का घाइते रवीन्द्र मेहताको पनि निधन, मृतक संख्या तीन पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्जमा साउन १० गते भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

यसअघि घटनाकै दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचारकै क्रममा जयप्रकाश मेहताको पनि निधन भएको थियो। रवीन्द्रको तिघ्रामा गोली लागेको थियो र उपचारका क्रममा उनको खुट्टा काट्नुपरे पनि स्वास्थ्यमा सुधार आउन सकेन। घटनामा घाइते भएका अन्य सात जनाको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। देवानगञ्ज घटनापछि सरकार र आन्दोलनरत पक्षबीच सातबुँदे सहमति भएको थियो। यही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।

Back To Top
Modern Footer Design