गजुरीनजिकको सुक्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग

काठमाडौँ। नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा यातायात प्रभावित भएको छ।

धादिङको गजुरी नजिकै चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन रोकिएको हो। धादिङ प्रहरीले दिएको जानकारीअनुसार बिहान करिब पौने ६ बजे पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लामो जाम लागेको छ। हाल निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ।

Back To Top
Modern Footer Design