काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । यसअनुसार एकैदिन सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ कायम गरिएको छ । यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको हो । त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार २ सय ५७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
