काठमाडौँ । वि.सं. २०८३ भदौ ११ गते बिहीबार, ई.सं. २०२६ अगस्ट २७। शुक्ल पक्ष चतुर्दशी तिथि बिहान ८ः३१ बजेसम्म रहनेछ भने त्यसपछि पूर्णिमा लाग्नेछ। नक्षत्र धनिष्ठा, योग शोभन र चन्द्रराशि मकर रहेको छ।

मेष

आज रोकिएका कामले गति लिनेछ। कार्यक्षेत्रमा मेहनतको प्रशंसा हुनेछ भने नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापारमा नयाँ अवसर मिल्नेछ। आर्थिक लाभ भए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ।

वृष

आज मन केही खिन्न रहन सक्छ। अनावश्यक खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। वैदेशिक क्षेत्रसँग सम्बन्धित काम अघि बढ्नेछ।

मिथुन

व्यापार–व्यवसायमा केही मन्दी आउन सक्छ। आर्थिक पक्ष कमजोर भए पनि धैर्य राखेर अघि बढ्नुहोला। पारिवारिक सहयोग प्राप्त हुनेछ। नयाँ निर्णय लिनुअघि राम्रोसँग सोच्नु लाभदायक हुनेछ।

कर्कट

आज नयाँ कामको सुरुवातका लागि अनुकूल समय छ। कार्यक्षेत्रमा सहयोग प्राप्त हुनेछ। आर्थिक अवस्था सुधारतर्फ जानेछ। परिवारमा सुखद वातावरण बन्नेछ।

सिंह

आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव बढ्नेछ। जिम्मेवारी पूरा गर्न सफल हुनुहुनेछ। आर्थिक लाभको अवसर मिल्न सक्छ। परिवारका सदस्यसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ।

कन्या

दैनिक क्रियाकलापमा सुधार आउनेछ। रोकिएका काम पूरा हुनेछन्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्ष सन्तुलित रहनेछ।

तुला

सहकार्यबाट नयाँ अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा साझेदारको सहयोग मिल्नेछ। व्यापार विस्तारको सम्भावना छ। परिवारमा प्रेम र आत्मीयता बढ्नेछ।

वृश्चिक

आज नयाँ अवसरले उत्साह बढाउनेछ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना छ। महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाट उपयोगी बन्न सक्छ।

धनु

लामो समयदेखि रोकिएका तथा अधुरा काम पूरा हुनेछन्। भाग्यले साथ दिने भएकाले उत्साह बढ्नेछ। शिक्षाक्षेत्रमा सफलता प्राप्त हुनेछ। नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ।

मकर

आज जिम्मेवारीलाई प्राथमिकता दिएर अघि बढ्नुहोला। वरिष्ठ व्यक्तिको सुझाव उपयोगी बन्नेछ। व्यापार विस्तारका लागि अनुकूल वातावरण बन्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। परिवारमा पुराना असमझदारी हट्दै जानेछन्।

कुम्भ

आज व्यक्तित्वमा प्रभावशाली सुधार आउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा सोचविचार गर्नुहोला। सामाजिक क्षेत्रमा सम्मान बढ्ने सम्भावना छ।

मीन

मनमा रहेको अन्योल हट्दै जानेछ र निर्णय लिन सहज हुनेछ। अधुरा काम पूरा हुनेछन्। आर्थिक अवस्था सन्तुलित रहनेछ भने रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारबाट सुखद समाचार मिल्नेछ।

Back To Top
Modern Footer Design