काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहको नोभेम्बर यात्रा कहाँ होला—भारत कि टर्की? यही विषय अहिले चासोको विषय बनेको छ।
एकातिर भारत भ्रमणको तयारी भइरहेको छ भने अर्कोतिर टर्कीमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ का लागि प्रधानमन्त्री बालेनलाई औपचारिक निमन्त्रणा आएको छ। कोप–३१ नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्टाल्यामा हुँदैछ। जलवायु परिवर्तनको असर नेपालमा पनि बढिरहेका बेला यो सम्मेलनमा नेपालको बाढी, पहिरो, हिमाली जोखिम, जलवायु क्षति तथा अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने अवसर हुनेछ।
उता, नोभेम्बरमै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी पनि भइरहेको छ। परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग समन्वय गरेर भ्रमणको तयारी गरिरहेको भए पनि भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन। कोप–३१ मा नेपाल सहभागी हुने तयारी भने भइरहेको छ। तर नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री बालेनले नै गर्ने हो कि अरू कसैले गर्ने भन्ने अझै टुंगो लागेको छैन।
यसअघि नेपालले विभिन्न कोप सम्मेलनमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीस्तरीय प्रतिनिधिमण्डल पठाउँदै आएको छ। त्यसैले यसपटक पनि नेपालको उच्चस्तरीय सहभागितालाई महत्त्वका साथ हेरिएको छ। अर्थात्, नोभेम्बरमा प्रधानमन्त्री बालेनको सम्भावित विदेश यात्राका दुई गन्तव्य देखिएका छन्—भारत र टर्की। अब चासो यही हो—प्रधानमन्त्री बालेनको अन्तिम गन्तव्य कहाँ तय
