काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ थियो । यसरी हेर्दा एक कारोबार दिनमै सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले सस्तिएको छ ।
