रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएकी छन् ।

धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले अब कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । लोकदोहोरी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय थापामगरका विभिन्न लोक तथा दोहोरी गीत चर्चित छन् । सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनी पछिल्लो समय कांग्रेसको राजनीतिमा पनि सक्रिय हुँदै आएकी छन् ।

कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै पार्टीमा नयाँ पुस्ता र महिलाको सहभागिता थप मजबुत बनाउन आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ । अग्रज नेताहरूले देखाएको राजनीतिक बाटोलाई निरन्तरता दिँदै युवापुस्ता तथा महिलालाई पार्टीभित्र सम्मानजनक अवसर र नेतृत्वको भूमिका दिलाउन पहल गर्ने थापामगरको प्रतिबद्धता छ ।

Back To Top
Modern Footer Design