सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम थियो।

यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेको छ। सोमबार १० ग्राम छापावाल सुन २ लाख ४९ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार २ सय ६० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आए पनि बजारमा यसको मूल्य अझै उच्च तहमा रहेको छ।

Back To Top
Modern Footer Design