काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य ८ सय रुपैयाँले महँगिएको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपालमा पनि दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण हुँदै आएको छ। सोहीअनुसार बुधबार नेपाली बजारमा दुवै धातुको मूल्यमा सामान्य वृद्धि देखिएको हो।
