सुनको भाउ उकालो लाग्दा चाँदीमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो। महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने ओरालो लागेको छ। बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको महासंघले जनाएको छ। बुधबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। यसअनुसार बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको भाउ भने घटेको देखिएको छ।

Back To Top
Modern Footer Design