नेप्सेमा सामान्य सुधार, २.३१ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । साताको कारोबारअन्तर्गत बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले उकालो लाग्दै २ हजार ५७४ अंकमा पुगेर कारोबार बन्द भएको हो।

बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार कुल कारोबार रकम ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। आज कारोबार भएका कम्पनीमध्ये १४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

बिहीबार बैंकिङ समूहको वृद्धिले समग्र बजारलाई सकारात्मक बनाउन सहयोग गरेको देखिएको छ। बैंकिङ समूह ०.१९ प्रतिशत बढेको छ। विकास बैंक ०.०६, जलविद्युत् ०.१८, लगानी ०.१५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बीमा ०.१७ र व्यापार समूह ०.४३ प्रतिशतले उकालो लागेका छन्। यता फाइनान्स समूह ०.०२ प्रतिशत, होटल तथा पर्यटन ०.३९, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.०२ र अन्य समूह ०.४४ प्रतिशतले घटेका छन्।

कम्पनीतर्फ कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै स्नो रिभर्स लिमिटेड ६.४०, चिरख्वा हाइड्रोपावर ५.१५, नेसनल हाइड्रोपावर ३.९४, सोनापुर मिनरल्स ३.६१ र बोटलर्स नेपाल बालाजु ३ प्रतिशतले बढेका छन्। यसैगरी घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ३.३६ प्रतिशत तथा माबिलुङ इनर्जीको २.९७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।

Back To Top
Modern Footer Design