चार दिनमै सुनको मूल्य तोलामा ८ हजारभन्दा बढीले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो चार दिनमा मात्रै सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको हो। बिहीबार मात्रै सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २ सय २० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदीको मूल्य ४ हजार ४ सय ४० रुपैयाँ थियो।लगातार सुनचाँदीको मूल्य घट्दै जाँदा बजारमा यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढेको छ।

Back To Top
Modern Footer Design