इराकमाथि सहज जित निकाल्दै फ्रान्स अन्तिम १६ मा

फिलाडेल्फिया। साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

फिलाडेल्फियामा सम्पन्न खेलमा फ्रान्सले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको १४औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफपछि भारी वर्षाका कारण खेल करिब दुई घण्टा रोकिएको थियो। खेल पुनः सुरु भएपछि एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थप्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए। खेलभरि फ्रान्सले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो भने इराकले प्रभावशाली अवसर सिर्जना गर्न सकेन। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो। लगातार दोस्रो जितसँगै फ्रान्स समूह चरण पार गर्दै अन्तिम १६ मा पुगेको छ।

Back To Top
Modern Footer Design