मेक्सिको। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यमाथि १–० को कठिन जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
मेक्सिकोस्थित एस्तादियो ग्वाडालाहारामा सम्पन्न खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने कोलम्बियाले निर्णायक गोल निकाल्दै महत्वपूर्ण तीन अंक हात पार्यो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गरेको एकमात्र गोल नै कोलम्बियाको जितका लागि पर्याप्त बन्यो । त्यसपछि कङ्गोले बराबरी गोल फर्काउने प्रयास गरे पनि कोलम्बियाको रक्षापंक्तिलाई भेद्न सकेन । यस जितसँगै कोलम्बियाले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ भने कङ्गो लोकतान्त्रिक गणराज्यको यात्रा समूह चरणमै टुंगिएको छ।
