विष्णु पौडेलको पक्राउ गैरन्यायिक रहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक कदम भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाउँदै त्यसलाई न्यायिक प्रक्रिया र विधिसम्मत अभ्यासविपरीत भएको निष्कर्ष निकालेको हो। बैठकले पौडेललाई अविलम्ब रिहा गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई हाल म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। एमालेले भने उनीमाथिको कारबाही राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आशंका व्यक्त गर्दै निष्पक्ष व्यवहारको माग गरेको छ।

Back To Top
Modern Footer Design