स्याङ्जामा एलपी ग्यासको कृत्रिम अभाव रोक्न अनुगमन

स्याङ्जा । बजारमा एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन थालेको छ ।

उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा टोली परिचालन गरिएको हो । टोलीले चापाकोट, वालिङ, भीरकोट र पुतलीबजारका डिलर तथा सप्लायर्सको ग्यासको आपूर्ति, मौज्दात र वितरण अवस्थाबारे जाँच गरेको छ ।अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा ग्यास आइरहेको पाइएको प्रशासनले जनाएको छ । व्यवसायीलाई ग्यासको मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने वा वितरणमा अनियमितता गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने बताए । प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Back To Top
Modern Footer Design