काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
