आज देशभर मौसम बदली, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । शुक्रबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस्तै, तराईका केही भू–भागमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्।

मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। वर्षासँगै मेघगर्जन, चट्याङ तथा सम्भावित कटान र अन्य जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Back To Top
Modern Footer Design